२४ मंसिर २०७९, शनिबार १९:१२
काठमाडौँ, मंसिर २४
राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त गरेको सदर मतका आधारमा समानुपातिक तर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम सिफारिस गरेको छ । शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
- १. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)
२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)
३. असिम साह (मुस्लिम पुरुष)
४. मनिष झा (मधेसी पुरूष)
५. इन्दिरा राना मगर (आदिवासी महिला)
६. सुमना श्रेष्ठ (आदिवासी महिला)
७. अशोक चौधरी (थारु पुरुष)
८. तपेश्वर यादव (मधेशी पुरुष)
९. डा चन्दा कार्की (खस आर्य महिला) - १०. निशा डांगी (खस आर्य महिला)
- ११. सन्तोष परियार (दलित पुरुष)
- १२. कल्पना रोक्का (दलित महिला)
- १३ . विनिता कठायत (पिछडिएको वर्ग महिला)





