काठमाडौं ,पुस ३
आज नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक अपराह्न ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नु भएको छ । बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने जनाईएको छ ।
आजको बैठकपछि संसदीय दलको निर्वाचनको मिति पनि तय हुनसक्ने छ। संसदीय दलको नेता नै आगामी प्रधानमन्त्रीको उम्मेदवार हुने संसदीय दलको नेता निर्वाचनका लागि चासो रहेको हो।
संसदीय दलको नेतामा सभापति देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला र प्रकाशमान सिंह लगायतले आकांक्षी राख्नु भएको छ ।यसअघि शनिवार दिउँसो सभापति शेरबहादुर देउवाले कांग्रेस सांसदहरूसँग भेट गर्नु भएको थियो ।





