भरतपुर, भाद्र १६
नेकपा (एमाले) भरतपुर महानगरपालिका-११ को अध्यक्षमा गोकर्ण कार्की निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न २३ औं वडा अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा खेम सुवेदी,सचिवमा हरी आचार्य शर्मा,सहसचिवमा बिष्णुमाया पोखरेल र सिता बास्तोला निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष इश्वरी पण्डितले जानकारी दिनुभयो ।
अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, पार्टी केन्द्रीय सदस्य विभाग सचिव विजय सुवेदी, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, बागमती प्रदेश कमिटी सदस्यहरु तेजेन्द्र खड्का, रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, अन्जना तिमिल्सेना, अस्मिन घिमिरे, जिल्ला सचिव प्रकाश ढुंगाना, एमाले चितवनका लेखा आयोग अध्यक्ष शंकर अधिकारीे लगायतका विभिन्न कमिटीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।






