१२ पुष २०७९, मंगलवार १०:०३
काठमाडौं ,पुस १२
सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनु भएको छ ।
उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने व्यवस्था छ।





