चितवन, असोज ५
भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)मा भोली असोज ६ गते दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ ।
उक्त सम्मेलनमा दिगो निर्माण प्रविधि र व्यवस्थापनमा काम गर्नुभएका निर्माण क्षेत्रका बिशेषज्ञ, विद्वान र विभिन्न विश्वबिधालयका सोधकर्ताहरुको सहभागिता रहने छ । ज्याक्सन बिश्वबिधालय, अमेरिका सहित पोखरा र पुर्वान्चल विश्वविधालयबाट आउनुभएका बिशेषज्ञ, विद्वानहरु मुख्य बक्ता हुनुहुनेछ । सम्मेलनको मुख्य उदेश्य भेनेको दिगो निर्माण प्रबिधि र व्यवस्थापनमा रहेका चुनौती र अवसरहरुको चर्चा गर्नु हो । सम्मेलनका प्रमुख बिषयबस्तुहरुमा जलबायु परिबर्तनका बीचमा दिगो विकास, वातावरणयी प्रभाव मुल्याकन, कंक्रिटका विभिन्न गुणहरुको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मुल्याकन लगायतका विषयहरु समाबेश हुनेछन ।
सहभागीहरुले दिगो विकासकालागि आबश्यक उपाय र रणनीतिहरुको विचार विमर्श गर्नुहुने कुराको जानकारी युनाईटेड टेक्निकल कलेजका अनुसन्धान निर्देशक डा। अर्जुन बानियाँले दिनुभयो । दिगो निर्माण प्रबिधि भविष्यका हाम्रा आबश्यकताहरु मात्र नभएर यसले रास्ट्रको अर्थतन्त्रमा समेत दिर्गकलिन प्रभाव पार्न सक्छ ।
सम्मेलनका दौरान विभिन्न प्राबिधिक सत्रहरू हुनेछन् भने सम्मेलनमा मुख्य अतिथि पोखरा बिश्वबिधालयबाट बिज्ञान तथा प्रबिधि संकायका डीन प्रोफेसर राजेश कुमार ठकुराठी, बिशेष अतिथि कृषि तथा बन बिश्वबिधालयबाट कृषि संकायका डीन प्रोफेसर डा। अर्जुन कुमार श्रेष्ठ लगायतका हुनुहुने जानकारी युनाईटेड टेक्निकल कलेजका प्रिन्सिपल प्राध्यापक केशव दत्त अवस्थीले दिनु भयो । यसअगी पनि सन् २०२१ मा कलेजले दिगो ईन्जिनियरिङ् प्रबिधि र व्यवस्थापन विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ ।





