१४ पुष २०७९, बिहीबार ०९:१०
सुर्खेत ,पुस १४
कर्णाली प्रदेश सभाको अधिवेशन पुस १८ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले बुधबार अधिवेशन आह्वान गर्नु भएको छ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गर्नु भएको हो । प्रदेश सभाको बैठक ज्येष्ठ सदस्य विनोदकुमार शाहले सञ्चालन गर्नु हुने छ । सभामुख र उपसभामुख निर्वाचित भएर नआउञ्जेल ज्येष्ठ शाह सभामुखको भूमिकामा रहने जनाइएको छ।





