काठमाडौँ, असोज २२
देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।





