चितवन , पुष १६
भरतपुरमा रहेको रेस बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
बार्षिक साधारण सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष गोविन्द देवकोटाले विश्व भरि फैलिएको कोविड– १९ र रुस र युक्रेन बिच चलेको युद्धका कारण विश्वभरी आर्थिक मन्दी देखापरेको अवस्थामा त्यसको प्रभाव नेपालका वित्तिय क्षेत्रमा समेत देखा परेको बताउनु भयो ।
बैंक तथा वितिय संस्थाहरुमा तरलता देखिदा ती संस्थाहरुले अहिले लगानी गर्न नसक्ने अवस्थामा पुगेको देवकोटाले भनुभयो। उहाले तरलताको असर सहकारी संस्थाहरुमा समेत देखिएको र आर्थिक मन्दी कै कारणले सहकारी संस्थाहरुमा बचत विस्तारै घट्दै जादा लगानी योग्य रकममा कमी भएकोले पछिल्लो पटक संस्थाले चाहेजस्तो सदस्यहरुमा लगानी गर्न नसकेको बताउदै ।अध्यक्ष देवकोटाले व्यवस्थापकिय क्षमता कमजोर भएका केही सहकारीको कार्य सम्पादनमा देखिएको बेथिती तथा विकृतिका कारण सिंगो सहकारी आन्दोलनमाथि नै प्रश्न उठ्न खोजेकोले यसमा सहज रहन शेयर सदस्यहरुलाई अपिल गर्नुभएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष बिष्णु महतोले विश्वभर देखिएको आर्थिक मन्दीले अप्ठारोमा परेको वित्तिय क्षेत्रलाई उकास्न सम्पूर्ण शेयरसदस्यले आफूसँग भएको बचतलाई आफ्नो संस्थामा जम्मा गर्न आग्रह गर्नुभएको छ । उहाले भरतपुरका केही सहकारी संस्था संकटग्रस्त अवस्थामा पुगेको र सस्थामा सुशासन राम्रो नहुँदा र सदस्यहरुले समय समयमा निगरानी नगर्दा संस्थाहरु संकटमा पर्नेभएकोले त्यस तर्फ ध्यान दिन शेयरसदस्यहरुलाई सुझाब दिनु भएको छ ।
कार्यक्रममा विभिन्न विधामा ३५ जनालाई पुरस्कृत र सम्मान गरिएको हो भने संकटको घडिमा संस्थालाई बचाएर शेयर सदस्यको विश्वास जित्न महत्पूर्ण योगदान पुराएकोमा संस्थाका व्यवस्थापक परशुराम देवकोटालाई सम्मान गरिएको थियो ।
२०६६ साल असार १७ गतेबाट रेस बचत तथा ऋण सहकारीले कारोबार शुरु गरेको थियो । भरतपुर महानगरपालिक वडा नं. ६ चोकबजारमा संस्थाको आफ्नै घडेरीमा भवन निर्माण गरी रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड्ले आफ्नो सेवा निरन्तर दिदै आएको र हाल भरतपुर महानगरपालिकका कुल २९ वडा मध्ये १४ वटा वडामा संस्थाको कार्य क्षेत्र रहेको जनाइएको छ ।





