२ कार्तिक २०८१, शुक्रबार ०७:५२
काठमाडौँ, कार्तिक २
साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ।
दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ।
तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ। यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो।





