४ कार्तिक २०८१, आईतवार २१:५६
काठमाडौँ, कार्तिक ४
साफ महिला च्याम्पियनशिपमा बंगलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुंगिएको छ।
त्रिपुरेश्वरस्थित खेल दशरथ रंगशालामा आज साँझ भएको खेलमा पाकिस्तानले अग्रता जोगाउन नसक्दा १–१ गोलको बरारीमा चित्त बुझाएको हो।
खेलको ३१औँ मिनेटमा जमिना मलिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए पनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो।
खेलको ९०औँ मिनेटमा साम्सुनाहारले गोल गर्दै बंगालादेशलाई १–१ गोलको बराबरीमा पुर्याइन्।





