१४ कार्तिक २०८१, बुधबार ०७:३९
काठमाडौं, कार्तिक १४
आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ।
अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१) बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले। त्यस्तै गुल्सन झा २५ रनमा अविजित रहे। अनिल साहले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए। कुशल भुर्तेलले २५ रन बनाएका थिए।





