१६ कार्तिक २०८१, शुक्रबार ०७:०४
काठमाडौँ, कार्तिक १६
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ। औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व भएको समितिले बताएको छ। प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ। औँसीमा विशेषगरी पितृकर्म हुनेगर्छ।





