२१ कार्तिक २०८१, बुधबार ०७:५१
काठमाडौँ, कार्तिक २१
देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग हल्का देखि मध्यम बर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।





