२३ कार्तिक २०८१, शुक्रबार ०९:४८
काठमाडौँ, कार्तिक २३
आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
संयुक्त अरब इमिरेट्स ९युएई०को अजमानस्थित द सेभेन रङ्गशालामा भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो ।





