२० पुष २०७९, बुधबार ०९:५१
पोखरा ,पुस २०
पोखरा गोल्डकपमा बुधबार विभागीय एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ।
गोल्डकपको २२ औँ संस्करण अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा दिउँसो दुई बजे यी दुईबीच खेल हुन लागेको हो।
‘डिफेन्डिङ च्याम्पियन’ एपीएफलले धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। २०६४ सालमा उपविजेता बनेको एपीएफ २०७८ सालमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै विजेता बनेको थियो।
गोल्डकपको हालसम्मको यात्रामा एक पटक मात्रै ‘च्याम्पियन’ को स्वाद चाखेको संकटाले पनि राम्रो प्रदर्शन गरिरहेको छ। क्वार्टर फाइनलमा चार पटकसम्म उपविजेता बनिसकेको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेर संकटाले सेमिफाइनल यात्रा तय गरेको हो।
उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन्।





