२८ कार्तिक २०८१, बुधबार २०:५५
काठमाडौँ, कार्तिक २८
युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउँदै नेपाल आईसिसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ ।
युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्वकपमा स्थान बनाएको हो ।
युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न नसक्दा छनोट हुन सकेको थिएन ।





