४ मंसिर २०८१, मंगलवार २०:५२
नवलपुर, मंसिर ४
आगामी मंसिर ८ गते (शनिबार) का दिन बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । परियार सेवा समाज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुने भएको हो ।
रक्त अभावबाट कसैले अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रकाश परियारले जानकारी दिनुभयो । उहाँले भन्न्नुभयो “ निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा गैंडाकोटमा रहेको रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको हो । ”
रक्तदान कार्यक्रम बिहान ७ बजे गैंडाकोट नगरपालिका– २ स्थित भृकुटी चोक प्रतिक्षालय परिसरमा गरिने जनाईएको छ ।





