काठमाडौँ, मंसिर ५
चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ। आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेका हुन्।
नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान दिएबापत उनीहरुलाई परिचयपत्र प्रदान गरिएको बोर्ड अध्यक्ष दिनेश डीसीले बताए । परिचय पत्र पाउनेमा नेपाली भाषा, जातीय क्षेत्रीय फिल्म निर्माता, निर्देशक, कलाकार, प्रावधिक छन् ।

कार्यक्रममा विशिष्ठ श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका कलाकार रामचन्द्र अधिकारीलाई औषधि उपचार बिमा बापत प्राप्त रकमको चेक हस्तान्तरण प्रदान गरियो ।
कार्यक्रममा अभिनेत्री केकी अधिकारी, निर्देशक दीपाश्री निरौला, दीपेन्द्र लामा, दीपन्द्र के खनाल र रामबाबु गुरुङले आफ्नो चलचित्रको स्क्रिप्ट चलचित्र विकास बोर्डको संग्राहलयका लागि प्रदान गरे ।

परिचयपत्र पाउनेको नामावली यसप्रकार छ ।
१) नवल खड्का, निर्माता
२) सरोजकुमार खनाल, कलाकार
३) मदन घिमिरे, छायांकार
४) प्रमोद ढुंगाना, गीतकार
५) नगेन्द्र घिमिरे, प्राविधिक
६) केदारप्रसाद पाठक, निर्देशक
७) निर्जलकुमार श्रेष्ठ, कला निर्देशक
८) माओत्से गुरुङ, कलाकार
९) केशवबहादुर रायमाझी, निर्देशक
१०) पुरणबहादुर जोशी, कलाकार
११) परशुराम चौधरी, कलाकार
१२) शोभितराम बस्नेत, कलाकार
१३) कुमार महर्जन, द्धन्द्ध निर्देशक
१४) तैयब शाह, कलाकार
१५) रचना सिंह, कलाकार
१६) आकाश अधिकारी, निर्देशक
१७) कृष्णप्रसाद पोखरेल, निर्माता
१८) राजकुमार शाह, कलाकार
१९) दिब्यश्वर गौतम, कलाकार
२०) राकेशकुमार खड्का, कलाकार
२१) सन्ते (सन्तु) तामाङ, प्राविधिक
२२) गौरी मल्ल, कलाकार
२३) रामेश्वरजंग केसी, कलाकार
२४) राजुविक्रम थापा, छायांकार
२५) पुकार भट्टराई, कलाकार
२६) राजेन्द्र शाह, नृत्य निर्देशक
२७) रत्न ढकाल, छायांकार
२८) कमलप्रसाद मिश्र, प्राविधिक
२९) राजेन्द्र थापा, गीतकार
३०) पुष्पकुमार श्रेष्ठ, कलाकार
३१) रमेश कोइराला, निर्देशक
३२) कृष्णप्रसाद ढुंगाना, कलाकार
३३) विजयरत्न तुलाधर, निर्देशक
३४) मुकुन्द थापा, कलाकार
३५) सुनिलप्रसाद पाण्डे, निर्देशक
३६) गोविन्द नेपाली, नृत्य निर्देशक
३७) तुलबहादुर तामाङ, प्राविधिक
३८) महेन्द्र तामाङ, प्राविधिक
३९) सानुमान तामाङ, प्राविधिक
४०) पूर्णबहादुर तामाङ, प्राविधिक
४१) रमेश रञ्जन झा, कलाकार
४२) चेतनाथ सापकोटा, संगीतका
४३) मधुसुधन प्रधान, निर्माता
४४) कपिलप्रसाद द्धा, प्रदर्शक
४५) रवि डंगोल, कलाकार
४६) शंकरप्रसाद आचार्य, कलाकार
४७) केदारनाथ दवाडी, कलाकार
४८) बालदीप राई, प्राविधिक
४९) अशोक रोक्का, प्राविधिक
५०) माधव थापा, प्राविधिक
५१) मेघराज पौडेल, प्राविधिक
५२) बोझबहादुर पौडेल, प्राविधिक
५३) विश्वराम केसी, प्राविधिक
५४) विमल पौडेल, निर्देशक
५५) दिव्यराज सुवेदी, छायांकार
५६) रविराज अर्याल, निर्देशक
५७) सन्तोषबाबु लोहनी, निर्देशक
५८) दिनेशकुमार विष्ट, कलाकार
५९) राजु खत्री क्षेत्री, प्राविधिक
६०) नानीकाजी डंगोल, द्वन्द्व कलाकार
६१) आनन्द ढुंगाना, कलाकार
६२) राजेन्द्रकुमार उपे्रती, निर्देशक
६३) सनमकुमार श्रेष्ठ, प्राविधिक
६४) लालुराम सापकोटा, निर्माता
६५) देवकुमार श्रेष्ठ, निर्देशक
६६) हरिप्रसाद पौडेल, प्राविधिक
६७) म्याक्चुङ गौतम (हिउँवाला), कलाकार
६८) शालिकराम कार्की, कलाकार
६९) उदयकुमार इङ्नाम, निर्देशक
७०) रामशरण जंगम, कलाकार
७१) उदयसिंह बोहरा, द्वन्द्व निर्देशक
७२) रोशन श्रेष्ठ, द्वन्द्व निर्देशक





