२३ पुष २०७९, शनिबार १८:२८
काठमाडौं, पुष २३
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफ्नो दलले सफल बनाउन सही तवरले गाइड गर्ने बताउनु भयो । आज (शनिबार) पार्टीबाट निर्वाचित सांसदहरुलाई अभिमुखीकरण दिने क्रममा उहाले यस्तो बताउनु भएको हो ।
‘हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो । सफल सरकार बनाउँछौँ र त्यसका लागि उपयुक्त ढंगले गाइड गर्छौँ । यो सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र नहोस् । यसले सुशासन र विकासको लागि उचित र आवश्यक कदमहरू चालोस् ।’ उहाँले भन्नु भयो ।





