२४ पुष २०७९, आईतवार २०:१३
काठमाडौं, पुस २४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गर्नु भएको छ ।
आज आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग नेपाल र यादवले भेटवार्ता गर्नु भएको हो । साेही भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भेटवार्तामा नेपाल र यादव सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताउनुभयो ।
उहाँले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र नेपाल र यादव सकारात्मक रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले यहि पुस २६ गते विश्वासको मत लिदै हुनुहुन्छ ।





