चितवन, मंसिर २३
चितवन अटोमोवाइल्स एशोसिएसनको २३ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । हिजो (शनिबार) का दिन भरतपुर महानगरपालिकाको नारायणगढमा एशोसिएसनको साधरण सभा सम्पन्न भएको हो ।
साधरण सभाको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले उद्घाटन गर्नुभएको हो ।
साधरण सभा कार्यक्रममा एशोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्रीले बिभिन्न चुनौतिको सामना गर्नको लागि एकताबद्ध पहल र मजबुद सांगठनिक संस्थाको व्यवस्थापन र नीति निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्नु हुने समस्त सदस्य हरुको पहल कदमीको निरन्तर प्रयासबाट अटो व्यवसायीहरुको जिल्ला छाता संगठनको रुपमा चितवन अटोमोबाइल्स एशोसिएसन स्थापित र व्यवस्थित भएको बताउनुभयो ।
साधरण सभा उद्घाटन कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका नि.ब. अध्यक्ष डा. ध्रुब बहादुर थापा, निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भण्डारी, भरतपुर वडा नं. १ का वडाध्यक्ष केशव महर्जन, नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका संस्थागत उपाध्यक्ष तेज नारायण शाह, नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश) लगायतको उपस्थिति रहेको थियो ।
साधरण सभा उद्घाटन सत्रको समापन एशोसिएसनका प्रथम उपाध्यक्ष राजेन्द्र भट्टराईले गर्नुभएको थियो ।









