२९ मंसिर २०८१, शनिबार ०९:०५
काठमाडौँ, मंसिर २९
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशभर मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।





