२६ पुष २०७९, मंगलवार १९:४७
चितवन, पुस २६
यही पुस २८ गतेदेखि सुरु हुने आठौं सँस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ ।
महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नुहुनेछ । गृहमन्त्री आउने हुनेभएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले आज अपरान्ह महोत्सव स्थलको निरीक्षण समेत गर्नुभएको छ ।
खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव समुद्घाटन अघि मंगनी चोकदेखि महोत्सव स्थलसम्म झाकीसहितको शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिनु भयो ।





