२७ पुष २०७९, बुधबार ०९:३८
काठमाडौँ, पुस २७
पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गर्नु भएको हो । चियापानमा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ।
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।





