३० पुष २०७९, शनिबार १०:१३
काठमाडौँ, पुस ३०
आज बिहानैदेखि देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ।शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागले कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रमा मौसम बदली भएको जनाएको छ।
तराईका केही भूभागमा हुस्सु र कुहिरो कायमै छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा नै छ। विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार तत्कालका लागि वर्षाको सम्भावना छैन भने आज र भोलि हिमपात पनि नहुने अनुमान गरिएको छ।





