२ माघ २०७९, सोमबार ११:०४
काठमाडौं , माघ २
सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । हिजो (आइतबार ) आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । ७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक हिजो (आइतबार ) बसेको थियो ।





