४ माघ २०७९, बुधबार १९:३७
काठमाडौँ , माघ ४
नेपाली काँग्रेसले सभामुखको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिन ह्विप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उक्त ह्विप जारी गर्नुभएको हो ।
माघ ५ गते प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन हुँदै छ। उक्त बैठकमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सबै सांसदलाई अनिवार्य उपस्थित भई तटस्थ नरही ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न भनिएको छ।





