चितवन, चैत्र २३
भरतपुरको चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ चलिरहेको छ। चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ मा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।
मेलामा अवलोकनकर्ताहरुको भिड दिनदिनै बढिरहेको छ भने आज ( शनिबार ) का दिनमा ८ हजार ८ सय उपभोक्ताले अवलोकन गरेका छन् । यस अघिको मेलामा आएर खरिद गरेको जुत्ता चप्पल हाल सम्म पनि प्रयोगमा आएको र मेलामा उपलव्ध जुत्ता चप्पल तथा छालाजन्य सामग्रीले आफुहरुलाई सन्तुष्ठ बनाएको उपभोक्ताहरु ले प्रतिक्रिया दिएका छन् ।
जुत्ता चप्पल मेलामा ६ वटा स्वदेशी उद्योगबाट उत्पादित ३० भन्दा बढी स्टल राखिएको मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।
मेलामा पाटी सुज, स्कुलका जुत्ता, स्पोर्ट सुज, बिएफ डियरहिल सुज, फस्र्ट वाक सुज, शिखर सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज तथा छालाबाट उत्पादित सामग्री उपलब्ध रहेका छन् ।
करिब एक महिनासम्म सन्चालन हुने मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।





