२४ चैत्र २०८१, आईतवार ०९:५४
काठमाडौँ, चैत्र २४
जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा सनराइजर्सले तीन खेलमा हार बेहोरेको छ । आफ्नो पहिलो खेल जितेको सनराइजर्सले त्यसपछिक लगातार तीन खेल हारेर दबाबमा रहेको छ । त्यस्तै गुजरात टाइटन्सले भने खेलेका ३ मध्ये २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलमा हार बेहोरेको छ ।
सनराइजर्सका लागि आक्रामक ब्याटिंग लाइन अप फ्लप रहनु चिन्ताको विषय बनेको छ । पहिलो खेलमा शानदार ब्याटिंग गरेर आइपिएलकै इतिहास बनाएको सनराइजर्सको ब्याटिंग त्यसयता चलेको छैन । सनराइजर्सलाई जित दिलाउन ट्राभिस हेड, अभिषेक शर्मा, इशान किसन र हेनरिक क्लासेनले जिम्मेवारपूर्ण ब्याटिंग गर्नुपर्ने देखिन्छ ।





