६ माघ २०७९, शुक्रबार १८:३८
काठमाडौं , माघ ६
नवनिर्वाचित देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएकाे छ ।
पदभार ग्रहण गरेपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएकाे हाे । नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुने उहाँकाे तर्क छ । जसको नेतृत्व गर्ने जिम्मेवारी आफूले पाएको उहाँकाे भनाइ छ ।





