७ माघ २०७९, शनिबार ०९:४६
काठमाडौं , माघ ७
आज प्रतिनिधि सभाकाे उपसभामुख पदकाे लागि निर्वाचन हुने भएकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज (शनिबार) दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुने संसद सचिवालयले जनाएकाे हाे।
उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ता कुमारी यादवको उमेदवारी दर्ता भएको छ ।





