७ माघ २०७९, शनिबार १०:४३
काठमाडौं , माघ ७
सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनल खेलमा प्रदेश नम्बर–१ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएकाे हाे । फाइनल खेल मध्याह्न १२ बजेबाट सुरु हुने भएकाे छ । दुवै टोली उपाधि जित्ने योजनासहित मैदानमा उत्रिने भएका छन् ।





