९ माघ २०७९, सोमबार ०८:५३
काठमाडौं ,माघ ९
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। आज विहान ९ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो ।
आजको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सहमहामन्त्री भीष्मराज आङ्दम्बेले जानकारी दिनु भएको छ ।





