९ माघ २०७९, सोमबार २१:२३
काठमाडौँ ,माघ ९
नेपाली काँग्रेसलाई संघीय संसद् सचिवालयले प्रमुख विपक्षी दलको मान्यता दिएको छ। काँग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखी संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि काँग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै विभिन्न टिप्पणी भएका थिए।
अब संसद् सचिवालयले पत्र पठाई काँग्रेसलाई विपक्षी दलको सेवा सुविधा उपलब्ध हुने उल्लेख गरेपछि यो विवाद टुंगिएको छ।
गत साता नेपाली काँग्रेसले संसद् सचिवालयमा आफ्नो दललाई विपक्षी दलको मान्यता दिई सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै पत्र पठाएको थियो।





