काठमाडौँ ,माघ ११
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सव समारोह उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हिजो (मंगलबार) एक समारोहकाबीच सम्पन्न भएको छ ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने , बैंकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने , संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टचारमुक्त र शुन्य सहनशिलता नीति अपनाउनपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका अर्थमन्त्री पौडेलले परिष्कृत गरिएको मोवाइल बैंकिङ्गकलाई आरबिबि डिजिटल संसार एप्स्को शुभारम्भ , बैंकको ५८ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७९ विमोचन गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले नीजि क्षेत्रका बैंकहरुको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढीरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने बताउनुभयो ।
बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरण सम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरुको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङसेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताउनुभएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै आइटी इन्फोर्समेन्ट रोडम्यापको कार्यलाई प्रभावकारी ढंगले अगाडी बढाउने, बैंकका सम्पूर्ण प्रक्रियाहरु, कार्यविधि एवं पद्धतिहरुलाई सूधार गरी बैंकलाई हरेक पक्षबाट सुदृढ बनाउन बिजिनेस प्रोसेस रि(इन्जिनियरिङ को कार्यलाई अगाडी लाने, बैंकको अचल सम्पतिको उचित व्यवस्थापन गर्न एससेट यूटीलाइजेसन प्रोजेक्ट, बैंकको हिसाबमिलानको कार्यलाई प्रभावकारी बनाउन रिकन्सिलेसन प्रोजेक्ट्स तथा अनावश्यक खर्च कटौती तथा नियन्त्रयण मूख्य प्राथमिकताका विषय रहेको बताउनुभयो ।
वार्षिकोत्सव समारोह कार्यक्रममा पूर्वकर्मचारी सम्मान , उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार घोषणा समेत गरिएको थियो ।





