२३ भाद्र २०८२, सोमबार १५:०१
काठमाडौँ, भदौ २३
जेन-जी पुस्ताको आन्दोलनका कारण राष्ट्रिय सभाको बैठक नै प्रभावित भएको छ। आन्दोलन उग्र बनेपछि संसद भवन आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको छ भने आन्दोलनकारीले संसद भवनको गेटमा नै आगो लगाइदिएका छन्।
सुरक्षा घेरा तोड्दै निषेधित क्षेत्र पार गरेका प्रदर्शनकारी संसद भवनको गेट नाघेर भित्र छिरेका थिए। उनीहरुलाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा र अश्रुग्यास हानेको थियो।
त्यसैका कारण आज सोमबार दिउँसो १:१५ बजे बोलाइएको बैठक राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले भदौ २५ गते बुधबार दिउँसो १:१५ बजे बस्नेगरी बोलाएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।





