१६ माघ २०७९, सोमबार ०८:४७
काठमाडौं , माघ १६
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार सुदूरपश्चिमका थोरै र कर्णालीका एक दुई स्थानमा हल्का पानी पर्नसक्ने सम्भावना देखिएको हो।
यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशको हिमाली भागमा हल्का हिमपात हुने सम्भावना छ। अन्य स्थानमा भने आज दिन भर मौसम आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ।
आज राति पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात गराउने प्रणाली सक्रिय रहेको र दिउँसो पनि देशका केही स्थानमा हल्का पानी पर्नसक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।





