८ आश्विन २०८२, बुधबार १७:४७
विराटनगर, असोज ८
अर्थमन्त्री रामेश्वर खनालले पाँच सय र एक हजार दरका नोटको नोटबन्दी गर्ने हल्लामा सत्यता नभएको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने- यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन ।
त्यस्तै मन्त्री खनालले प्रदेश संरचना खारेज बारे सोधिएको प्रश्नमा संविधान अनुसार बनेका संरचना खारेज नहुने स्पष्ट गरेका थिए ।





