१७ माघ २०७९, मंगलवार ०८:४५
काठमाडौं ,माघ १७
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले देशको आर्थिक सङ्कटबारे ज्ञापन पत्र बुझाउने भएको छ।
चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाउन लागेको हो।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नेतृत्वको प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्री प्रचण्डलाई आज बिहान ९ बजे ज्ञापन पत्र बुझाउन लागेको हो।





