१८ माघ २०७९, बुधबार ०८:३६
काठमाडौं, माघ १८
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ।
अर्थ मन्त्रालयले हिजो (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै खर्च कटाैती र खर्च राेक्का गर्ने निर्णय गरेकाे हाे।
नेपाली मुद्रा अमेरिकी डलरसँग कमजोर हुँदा वैदेशिक ऋणको साँवा तथा व्याज भुक्तानी गर्न विनियोजन गरिएको रकम अपर्याप्त हुन गएकाले नेपाल सरकारको स्रोतमा चाप परेको विज्ञप्तिमा उल्लेख छ। चालू आर्थिक वर्षको संघीय सञ्चित कोष ९० अर्ब ऋणात्मक रहेको देखाएको छ।
पुरा प्रेस विज्ञप्ति :







