१९ माघ २०७९, बिहीबार ०८:३४
काठमाडौं ,माघ १९
नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ। संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बैठक बस्ने भएको हो।
प्रमुख सचेतक रमेश लेखकलेराष्ट्रियसभा उपाध्यक्षको निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो ।
२०७८ फागुन २१ गतेदेखि रिक्त राष्ट्रियसभा उपाध्यक्ष पदका लागि माघ २३ गते निर्वाचन हुँदैछ।





