२९ पुष २०८२, मंगलवार २०:२२
काठमाडौँ, पुष २९
नेपाली काँग्रेसले आजका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक आज बस्दै नबसी स्थगित भएको हो ।
अब बैठक भोली बिहान ८ बजे बस्ने बताइएको छ ।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज दोस्रो पटक भएको बार्ता निष्कर्षमा पुग्न सकेको छैन । दुवै पक्षबीच राति वार्ता हुने र सहमतिमा पुर्याउने नेताहरुले दाबी गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरले पार्टीको केन्द्रीय समितीले विशेष महाधिवेशनको अपनत्व लिने र सभापति देउवाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने माग राखेका छन् ।





