१९ माघ २०७९, बिहीबार ०९:४५
काठमाडौं, माघ १९
नेपाललाई दिने अनुदान भारतले घटाएको छ।
भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले हिजो (बुधबार) आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएको जानकारी दिनुभयो ।
प्रस्तुत बजेटमा नेपालले साढे ५ अर्ब भारतीय रुपैयाँमात्र अनुदान पाउने भएको छ। तर गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान छुट्याएको थियो।
यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ।





