२२ माघ २०७९, आईतवार ११:४१
काठमाडौं ,माघ २२
नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो ।
सो बैठकले उपाध्यक्ष पदमा उम्मेदवारी नदिने र नेकपा (माओवादी केन्द्र) की उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।





