प्रदिप परियार
चितवन , माघ २२
नारायणी लिफ्ट सिंचाई जल उपभोक्ता मुल समिति चितवनको २३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । “सिंचाई उन्नत कृृषिको मुल आधार हो ” भन्ने नाराका साथ भरतपुर १० चितवनको नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन कार्यालयको प्राङ्गगढमा हिजो (शनिबार) कार्यक्रम गरिएको हो ।
कार्यक्रममा समितिका सभासद लेखा संयोजक शंकर भक्त अधिकारी ले वासलात र समितिका सचिव हरिराज भट्टराई ले वार्षिक प्रगति एवं २०७९÷८० को भावि कार्ययोजना र अनुमानित आय व्यय विवरण सहितको वार्षिक प्रतिवेदन २०७९ प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले २३ औ वार्षिक साधारण सभाको शुभकामना दिदै,समितिलाई आफ्नो व्यत्तिगत ,पाटी र मन्त्री को हौसियत सरकारबाट सहयोग हुने बताउनु भयो ।
कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष पुर्ण बहादुुर रानाभाट रहनु भएको हो ।विशेष अतिथिमा बागमती प्रदेश सभा सांसदहरु उत्तम जोशी ,ज्ञानु जंग लामा ,गिता गुरुङ ,विनु रायमाझी पौडेल र हरि प्रसाद सापकोटा, वडाध्यक्ष यूद्ध प्रसाद श्रेष्ठ, समितिका पदाधिकारीहरु,सदस्यहरु,समितिका सभासद लगायतको उपस्थिति रहेको थियो ।











