२३ माघ २०७९, सोमबार ११:०३
काठमाडौं ,माघ २३
आज साेमबार राष्ट्रिय सभाको बैठक बस्ने भएकाे छ ।
बैठक आज मध्याह्न १२ बजे बस्ने भएकाे हाे । राष्ट्रिय सभाकाे उपाध्यक्ष पदको निर्वाचन आज हुने भएकाे छ । बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको छ ।
नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्र प्रस्ताव दर्ता भएकाले उपाध्यक्षमा अर्याल निर्विरोध हुनुहुने भएकाे छ । उम्मेदवारी मनोनयनको दिन नेपाली कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेपछि अर्याल निर्विरोध हुनुहुने भएको हो ।





