२३ माघ २०७९, सोमबार २१:०७
काठमाडौं ,माघ २३
राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित भएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो।
यही माघ २७ गते शुक्रबार राष्ट्रियसभाको अर्को बैठक अपरान्ह ५ बजेका लागि बोलाइएको छ।





