२४ माघ २०७९, मंगलवार ०८:०२
काठमाडौं ,माघ २४
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै छ ।





