१३ आश्विन २०८३, मंगलवार ०८:०३
काठमाडौं, असोज १३
लगातारको वर्षाका कारण तालिका अनुसार तल्ला तहका अधिवेसन समयमा नसकिएपछि नेपाली कांग्रेसको १५ औं महाधिवेसनको मिति सर्ने भएको छ।
यहि असोज १६ देखि १९ गते सम्म काठमाडौंमा हुने तय भएको १५औँ महाधिवेशन सर्ने भएको हो। क्षेत्रिय अधिवेसनहरु सम्पन्न गर्न दिइएको समय आज सकिँदैछ। असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण १० गतेलाई तोकिएका क्षेत्रिय अधिवेसनहरु प्रभावित बनेपछि आजसम्म सक्ने गरी समय थप गरिएको हो।
विभिन्न स्थानमा बाढी पहिरोले गर्दा सडक र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केन्द्रिय महाधिवेसन केही दिन पर सार्ने तयारी कांग्रेसले गरेको छ।
आगामी १६ गतेदेखि १९ गतेसम्म तय भएको महाधिवेशन सार्ने बारे आज निर्णय हुने बताइएको छ। आज बैठक बसेर महाधिवेसन सार्ने निर्णय गर्ने तयारी रहेको नेताहरुले बताएका छन्।





