२४ माघ २०७९, मंगलवार ०८:१९
काठमाडौं ,माघ २४
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ ।





